डोटीमा कार्यरत प्रहरी हवल्दारको हेलिकप्टरमार्फत उद्धार



डाेटी । प्रहरीचौकी डौड डोटीमा कार्यरत प्रहरी हवल्दार गगनसिंह धामीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

आज दिउँसो सायल गाउँपालिका–२ सिर्मा बस्तीस्थित पहिरो जोखिममा रहेकाहरुको अवस्था बुझ्न जाने क्रममा एकाएक बिरामी परी बेहोस भएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।


बेहोस भएका धामीलाई हेलिकप्टरमार्फत उद्धार गरी अहिले उपचारका लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए । उनका अनुसार धामीको अहिले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।