जोहानेस्बर्गमा गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५



जोहानेस्बर्गमा शनिबार राति भएको गोलीकाण्डमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । दक्षिण अफ्रिकाको जोहानेस्बर्गस्थित मधुशालामा गोली चल्दा मृत्यु हुनेको संख्या १५ पुगेको यहाँका अधिकारीहरुले आज जनाएका छन् । स्था

नीय सोवेटो नगरस्थित एउटा मधुशालामा गोली चल्दा १५ जनाको मृत्यु भएको जानकारी सोमबार दिइएको छ । साथै सो गोलीकाण्डमा परेर अन्य १० जना घाइते भएका छन् । गोलाबारीमा घाइते भएका १० जनाको उपचार भइरहेको र उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पनि बताइएको छ ।


गोलाबारीमा संलग्नहरुको खोजी प्रहरीले गरिरहेको जनाएको छ । प्रहरी सुरक्षाकर्मी घटनास्थल पुग्दा १२ जना मारिएका थिए । अरु तीन जनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । सोवेटो नगर राजधानीको दक्षिणपूर्वमा पर्दछ ।