जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार



जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ ।

नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि उनी सडकमै ढलेका थिए । उनी ढलेको ठाउँमा रगत देखिएको थियो । उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ ।


आगामी आइतबार जापानको माथिल्लो सदनका लागि चुनाव हुँदैछ । सो चुनावी अभियानका दौरान उनी भाषण गरिरहेका थिए ।

आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री रहेका थिए।