जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने व्यक्ति पक्राउ



टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हान्ने एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा ४१ वर्षीय यामागाती तेत्सुया रहेका छन् । उनले आबेलाई गोली हानेपछि भाग्ने कोसिस गरेका थिएनन् ।


संदिग्ध हमलाकर्तालाई नाराको निशी प्रहरी स्टेशनमा लगिएको छ । उनको पहिचान तेत्सुया यामागामीको रुपमा भएको छ । उनी नारा सिटीकै बासिन्दा भएको बीबीसीले बताएको छ ।

आबेको स्वस्थ्य अवस्था चिन्ताजनक रहेको जापानका संचारमाध्यमहरुले जनाएका छन् । आबे चुनावको दौडानमा थिए । स्थानीय नारा सहरमा भाषण गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।