जसपा वीरगन्ज बैठकको निर्णय : बाबुराम र हिसिलासहित ९ नेता पार्टीबाट निष्कासित



वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा)ले संघीय परिषद्‌का अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ ।

पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकले बिहीबार भट्टराई पक्षका नेतालाई पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको हो ।


पार्टीबाट निष्कासित हुनेहरूमा डा.बाबुराम भट्टराई, कार्यकारिणी सदस्य महेन्द्रराय यादव, हिसिला यमी, गङ्गा श्रेष्ठ, प्रशान्त सिंह, भक्तबहादुर शाही र केन्द्रीय सदस्यहरू रमेश यादव र दानबहादुर चौधरी रहेका छन् । 

त्यसैगरि, संघीय परिषद्को अध्यक्षबाट बाबुराम भट्टराईलाई हटाएपछि सो ठाउँमा अशोक राईलाई मनोनीत गरेको छ ।