जसपाले फिर्ता बोलायो तीन मन्त्री



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले तीन मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।

जसपाले सरकारमा जाने तीन मन्त्री समेत प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरिसकेका छन्। नयाँ मन्त्रीको रुपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुमा सिफारिस गरिएको बताइएको छ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीमण्डल हेरफेर गरेपछि जसपाले पनि मन्त्री फेरबदल गरेको हो र