चुनावमा गठबन्धनमा आवद्ध दलहरुले नराम्ररी धोका दिएः माधव नेपाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरुले धोका दिएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनको गीत गाएर आफ्नो तयारी पूरा गर्न नसक्दा चुनावमा पराजित हुनु परेको बताएका हुन् ।

उनले गठबन्धनको गीत धेरै गाउँदा आफ्नो पार्टीले हार व्यहोर्नु परेको भन्दै गठबन्धन नगरेको भए शानदार जित हुने दाबी गरे । उनले भने,’धेरै ठाउँमा जित नभएता पनि आफ्नो पार्टीको चिह्नको प्रचार हुन्थ्यो । पार्टीको प्रचारप्रसार हुन सकेको भए आगामी प्रदेशसभा र प्रतिनिधिसभामा अनुकूल हुन्थ्यो। गठबन्धनको धेरै भरोसा छैन । गठबन्धनको भर परेपछि अरुको सहारामा बाँच्नुपर्दोरहेछ । अरुको भरमा बाँच्ने मान्छेले केही गर्न सक्दैन ।’


उनले चुनावमा गठबन्धनमा आवद्ध दलहरुले नराम्ररी धोका दिएको उनले बताए । आफूभन्दा समाजवादी दल ठूलो हुने डरले दलहरुले धोका दिएको उनको भनाइ थियो ।