चीनद्वारा अमेरिकालाई क्युवामाथिको प्रतिबन्ध हटाउन आग्रह



चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार संयुक्त राज्य अमेरिकालाई क्युवामाथिको एकपक्षीय प्रतिबन्ध पूर्ण रूपमा हटाउन आग्रह गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले जुलाई ९ मा २८ क्युबाली अधिकारीहरूमाथि भिसा प्रतिबन्धको घोषणा गरेको बारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा प्रवक्ता वाङ वेनबिनले उक्त टिप्पणी गरेका हुन् ।

वाङले दैनिक समाचार ब्रिफिङमा चीनले क्युवाली सरकार र त्यहाँका जनताले सामाजिक स्थायित्व कायम गर्न गरेको प्रयासलाई दृढतापूर्वक समर्थन गर्ने पनि बताएका छन् । संयुक्त राज्य अमेरिकाले क्युवाली अधिकारीहरू विरुद्ध लगाएको एकतर्फी प्रतिबन्धहरू, जसको अन्तरराष्ट्रिय कानुनमा कुनै आधार छैन त्यो विशिष्ट “जबरदस्ती कूटनीति” हो, उनकाे टिप्पणी छ ।


लगातार २९ पटक संयुक्त राष्ट्रसंघको महासभाले संयुक्त राज्य अमेरिकालाई आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दी अन्त्य गर्न माग गर्दै प्रस्तावहरू पारित गरेको छ ।

“हामी संयुक्त राज्य अमेरिकालाई अन्तरराष्ट्रिय समुदायबाट न्यायको लागि आह्वान गर्न, संयुक्त राष्ट्रसंघको बडापत्रको उद्देश्य र सिद्धान्तहरूको परिपालना गर्न र क्युबा विरुद्ध एकपक्षीयरूपमा लगाइएको प्रतिबन्धहरू पूर्ण रूपमा हटाउन आग्रह गर्दछौं,” वाङले भनेका छन् ।