चन्द्रनहरमा डुबेर एक वृद्धको मृत्यु



सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिकास्थित चन्द्रनहरमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोसी नगरपालिका–४ का ७० वर्षीय लक्ष्मी सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

गाई चराउन जङ्गलतर्फ जाँदै गरेको अवस्थामा चन्द्रनहर पार गर्ने क्रममा पानीमा पसेका सदा अचानक डुबेका थिए । सदा डुबेको खबर प्राप्त हुनासाथ प्रहरीले नहरको पानी बन्द गराई खोजी गर्दा चन्द्रनहरभन्दा करिब तीन किलोमिटर दक्षिण बगाएर लगेको अवस्थामा शव फेला परेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।


मृतकको शवपरीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको प्रहरीले जनाएको छ । सदा गाउँभरिका गाईवस्तु दैनिक चराउने काम गर्दै आएको स्थानीयवासीको भनाइ छ ।