कालीकोटमा खोलाले बगाउँदा एक बेपत्ता



मान्म । कालीकोटमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । पलाँता गाउँपालिका–७ फागोटी बस्ने वर्ष ४० का धर्मदत्त जैसीलाई तिपघाट खोलाले बगाएको हो ।

थिर्पुबाट घर फर्किने क्रममा आज दिउँसो टिपघाट खोला तर्न लाग्दा उनी बगेकाे जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । बेपत्ता भएका जैसीलाई खोलाले बगाएर कर्णाली नदीमा पु¥याएको हुनसक्ने प्रहरीको अनुमान छ । अ


हिले प्रहरी र स्थानीयको संयुक्त टोलीले उहाँको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख सिद्धराज न्यौपानेले बताए ।