काठमाडौँ । काठमाडौँस्थित भारतीय दूतावासमा एक भारतीय सुरक्षाकर्मीले आत्महत्या गरेका छन् ।
सोमबार बिहान दूतावासभित्र ड्युटीमा रहेको भारतीय सुरक्षाकर्मीले आफैंले गोली चलाएर आत्महत्या गरेका सुरक्षा स्रोतले जनाएको छ। आत्महत्या गर्नेमा ३२ वर्षीय दीपक सिंह रहेका जनाइएको छ। उनी इन्डियन आर्मीको कमान्डो भएको बताइएको छ ।
उक्त घटनाबारे सत्यतथ्य बुझ्न नेपाल प्रहरीले दूतावासमा समन्वय गरिरहेको छ । दूतावासको घटनामा भारतीय पक्षले नै अनुसन्धान गरी शवको जिम्मा लिने बताइएको छ। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।