काठमाडौँ, २७ असार । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री बिन्दमान विष्टलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ।फोक्सो र घाँटीको समस्याबाट ग्रस्त मन्त्री विष्टको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
यही असार २५ गतेदेखि मन्त्री विष्टको स्वास्थ्यमा खराबी आएपछि कर्णाली केयर अस्पताल, सुर्खेतमा उपचार गरिएको उनका प्रेस सल्लाहकार हृदय रिमालले जानकारी दिए । मन्त्री विष्टको मेडिसिटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले बताए ।