एसपीपी रद्दबारे अमेरिकालाई पत्र लेखिएको छैन : परराष्ट्र मन्त्रालय



काठमाडौँ । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पाटनर्सिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने विषयमा अमेरिकासँग पत्रचार भइनसकेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले एसपीपी रद्द गर्ने मन्त्रिपरिषद्को निर्णयबारे मन्त्रालय जानकार रहेको र उपयुक्त समयमा अमेरिकालाई पत्र पठाउने बताइन् ।


 प्रवक्ता लम्सालले एसपीपीबारे यसअघि भएका निर्णयबारे परराष्ट्र मन्त्रालयको कहिकतै संलग्नता नभएको समेत उनले स्पष्ट पारेकी छन् । प्रवक्ता लम्सालले भनिन्, ‘अध्ययनकै क्रममा भएकाले पत्र पठाएको छैनौं, उपयुक्त समयमा अमेरिकालाई कुटनीतिक माध्यमबाट पत्र पठाउँछौं ।’ 

सरकारले असार ६ गते एसपीपी कार्यक्रममा संलग्न नहुने निर्णय गरेको थियो । त्यसैअनुसारको जानकारी परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई जनाउने निर्णय गरेको थियो ।