एसईईको पूरक परीक्षा भदौ ११ र १२ गते



काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आइतबार ग्रेडवृद्धि (पुरक) परीक्षा मिति तोकेको हो ।

सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्ने परीक्षार्थीहरुले बढीमा दुई विषयमा मात्र ग्रेडवृद्धि (पुरक) परीक्षामा दिन पाउनेछन् ।परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आवेदन फाराम भरी भदौ ५ गते सम्म शिक्षा विकास तथा समन्वय इकाइमा पेश गर्नुपर्नेछ ।


अन्तिम ग्रेडमा सी भन्दा कम प्राप्त गरेका विषयहरु मध्ये परीक्षार्थीहरुले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीहरुले ग्रेडवृद्धि पुरक परीक्षामा सहभागी हुन पाउनेछन् । परीक्षा बिहान ८ बजे देखि ११ बजे सम्म हुनेछ ।