एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने



काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने भएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणका क्रममा विचौलिया र व्यापारीका प्रतिनिधि राखेर करका दर लगायतका विषय हेरफेर गर्ने अर्थमन्त्री शर्मालाई संसद्को रोष्ट्रम प्रयोग गर्न नदिने बताए । 


‘एमालेले विरोध गर्छ, अर्थमन्त्रीलाई बोल्न दिँदैन’, भट्टराईले भने, ‘हामीले प्रधानमन्त्रीको जवाफ र संसदीय छानविन समिति बनाउन माग गरेका हौ, अर्थमन्त्रीको जवाफ खोजेका होइनौ ।’

भट्टराईले बजेट निर्माणका क्रममा विचौलिया र व्यापारीका प्रतिनिधि राखेर करका दर लगायतका विषय हेरफेर गरेकाे आरोप लागेका अर्थमन्त्री शर्मालाई संसद्को रोष्ट्रम प्रयोग गर्न नदिने बताए । 

‘बजेट निर्माणका क्रममा यति गम्भीर आरोप लागेको व्यक्तिलाई हामी संसदको रोष्ट्रम प्रयोग गर्न दिँदैनौं । बोल्नमा त हामी अवरोध गर्छौं,’ उनले भने, ‘यस्तो वित्तीय अपराध गर्ने मान्छेले संसद्को रोष्ट्रममा बोल्न लाज हुँदैन ?’