एकैदिन १६८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ७७० पुग्यो



काठमाडौँ । नेपालमा थप १६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट ३०२० नमूना परीक्षण गर्दा १६८ जनामा संक्रमण पुष्टि भएको हो ।


मन्त्रालयका अनुसार साे अवधिमा १८३४ नमूनाको पीसीआर र ११८६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो । जसमध्ये पीसीआरबाट १२९ र एन्टिजेन विधिबाट ३९ नमूनाको पोजिटिभ रिपोर्ट आएको हो ।

यस्तै ,पछिल्लो २४ घन्टामा थप ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७७० पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ४५३, भक्तपुरमा आठ, ललितपुरमा ६२ जना सक्रिय सङ्क्रिमत रहेका छन् । शून्य सङ्क्रमित भएका जिल्ला १५ रहेका छन् ।

सक्रिय सङ्क्रमितमध्ये ७४९ जना होम आइसोलेसनमा, २१ जना अस्पतालमा उपचाररत रहेका छन् । अस्पतालमा उपचाररत बिरामीमध्ये १२ जना आइसीयू र एकजनाको भेन्टिलेटरमा रहेका छन् । यसअघि आइतबार १२१ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३५ हजार ४०२ जनाले कोरोनाविरुद्धको खोप लगाएका  छन्।

पछिल्लो समय कोरोना संक्रमण बढ्‍दै गएको भन्दै मन्त्रालय स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ।