एकैदिन थपिए ४५७ जना कोरोना संक्रमित, एकको मृत्यु



काठमाडाैँ । थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा ४६५१ नमूना परीक्षण भएकामध्ये ४५७ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआरबाट २३४१ र एन्टिजेन विधिबाट २३१० नमूनाको परीक्षण भएको थियो । जसमध्ये पीसीआरबाट ३८६ जनामा र एन्टिजेन विधिबाट ७१ जनामा संक्रमण देखिएको हो ।

सो अवधिमा ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल  कोरोना सक्रिय संक्रमितको संख्या १७७६ पुगेको छ।