उपसभामुखमा सत्ता गठबन्धनबाट पुष्पा भुसालको मनोनयन दर्ता



काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् ।  माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेदवारी दर्ता गराएकी हुन् ।

मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ । रिक्त उपसभामुख पदका लागि शुक्रबार दिउँसो ३ बजेदेखि मतदान सुरु हुनेछ ।