उपत्यकामा थप एक जनामा हैजा, २८ पुगे हैजाका बिरामी



काठमाडाैँ । काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थप एक जनामा हैजाको बिरामी भेटिएको बताए ।


उनका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको बताए । अहिलेसम्म हैजाका बिरामी २८ पुगेको छ ।