अर्थमन्त्रीबारेमा छानबिन गर्ने विषयमा माओवादीले एमालेसँग छलफल गर्ने



काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग छलफल गर्ने भएको छ । अर्थमन्त्रीबारे छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको प्रमुख प्रतिपक्षी एमालेसँग माओवादीले छलफल गर्ने भएको हो । अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बुधबार बिहान बसेको पूर्व स्थायी कमिटी सदस्यको बैठकले यस्तो निर्णय गरेको हो ।

पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले अर्थमन्त्रीका बारेमा प्रमुख उठिरहेको छानबिन समितिका बारेमा नेकपा एमालेसँग छलफल गर्ने निष्कर्ष निकालिएको जानकारी दिए । संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै आएको छ ।


त्यसदिनको सीसीटीभी फुटेज पनि मेटाइएको भन्दै अर्थमन्त्रीको आलोचना हुँदै आएको छ । नेकपा एमालेले संसद्मा अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गर्दै आएको छ।