अमेरिकी राज्य क्यालिफोर्नियामा डढेलो, तीन हजार व्यक्तिलाई सुरक्षित स्थलतर्फ सारियो



संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपत्काल घोषणा गरिएको छ । शुक्रवारबाट व्यापक रूपमा फैलिन सुरु भएको डढेलो २४ घण्टा बितिसक्दासमेत नियन्त्रणमा आउन सकेको छैन ।

“ब्यापक रूपमा फैलिइरहेको डढेलोे अग्नि नियन्त्रकहरूका लागि पनि चुनौतीपूर्ण हुन्छ,” क्यालिफोर्नियाको वारुण विभागले भनेको छ । डढेलोपछि तीन हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने करिब एक दर्जन घरहरू पूर्णरूपमा जलेका छन् ।


डढेलो ११ हजार ९०० एकडमा फैलिएको र यो अहिले संयुक्त राज्य अमेरिकाकै सबैभन्दा ठूलो सक्रिय डढेलो रहेको बताइएको छ । डढेलो प्रभावित क्यालिफोर्नियाको मारिपोसा काउन्टीमा आपत्काल घोषणा गरिएको छ ।