अफगान बालबालिकालाई मानवीय सहायताको तत्काल आवश्यकता



तालिबानले अफगानिस्तानमा नियन्त्रण गरेपछि र बढ्दो गरिबी र वित्तीय अस्थिरतासँगै देशको अर्थतन्त्रमा उल्लेखनीय सङ्कुचन आएपछि अफगान बालबालिकालाई मानवीय सहायताको तत्काल आवश्यकता परेको सेभ द चिल्ड्रेन जनाएको छ । यस संस्थाले एक करोड ३० लाख बालबालिकासहित मानवीय सहायताको तत्काल आवश्यकता रहेको जनाइएको हो ।

सेभ द चिल्ड्रेन बुधबार जारी गरिएको एक अध्ययनको प्रतिवेदनअनुसार अफगानिस्तानका ९२ लाख बालबालिकासहित एक करोड ८९ लाख मानिसले सन् २०२२ को जुन र नोभेम्बरको बीचमा आपतकालीन वा महत्वपूर्ण खाद्य असुरक्षाको अनुभव गर्न सक्ने छन् । संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमलाई उद्धृत गर्दै प्रतिवेदनले अफगानिस्तानको ९७ प्रतिशत जनसङ्ख्या चरम गरिबीमा बाँचिरहेको र दिनप्रतिदिन गरिबीको रेखामुनि गइरहेको उल्लेख गरेको छ ।


पाँच वर्षमुनिका ११ लाखभन्दा बढी अफगान बालबालिका तीव्र कुपोषणको सिकार भएका छन् । यो कुपोषणको रोग अफगानिस्तानले हाल सामना गरिरहेको कोभिड–१९, दादुरा, झाडापखाला र डेंगु ज्वरो रोगहरूमध्ये एक भएको बताइएको छ । युक्रेन सङ्कटले खाद्य लागतमा भएको बृद्धिमा ठूलो प्रभाव पारेको छ ।

अफगानिस्तान हाल गम्भीर मानवीय सङ्कटसँग लडिरहेको छ । यस देशमा अहिले विश्वमा सबैभन्दा बढी सङ्ख्यामा आपतकालीन खाद्यान्न असुरक्षामा परेका मानिसहरु रहेका अन्तर्राष्ट्रिय मूल्याङ्कनले बताएको छ । दुई करोड ३० लाख भन्दा बढी सहायताको आवश्यकता छ । करिब ९५ प्रतिशत जनसंख्या अपर्याप्त खाना उपभोग गरिरेहको पनि यस प्रतिवेदनमा बताइएको छ ।