साउन ९ गते अमेरिकालाई एसपीपी अघि नबढाउने पत्र पठाइसकेको छ : परराष्ट्रमन्त्री



काठमाडौँ । सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) मा सहभागी नहुने भने पत्राचार गरिसकेको जनाएको छ ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा परराष्ट्रन्त्री डा. नारायण खड्काले सरकारले साउन ९ गते एसपीपी अघि नबढाउने भनेर पत्राचार गरिसकेको जानकारी दिएका हुन् ।


उनले भने, ‘सरकारले साउन ९ गते नै कूटनीतिक माध्यमबाट एसपीपीलाई अघि नबढाउने लिखित जानकारी अमेरिकी सरकारलाई पठाइएको कुरा सदनलाई जानकारी गराउँछु ।’ पत्राचारको विषयमा आन्तरिक परामर्श गर्नुपर्दा केही समय लागेको उनको भनाइ थियो ।