संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता लिन भट्टराईको माग



काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले संवैधानिक परिषदसम्बन्धी विधेयक तत्काल फिर्ता लिन माग गरेका छन् । सोमबार सामाजिक संजालमार्फत भट्टराईले सरकारले हालै राष्ट्रियसभामा पेश गरेको संवैधानिक परिषद सम्बन्धी विधेयकको विरोध गर्दै फिर्ता लिन माग गरेका हुन् ।

उनले सरकारलाई संविधानको रक्षा गर्ने दायित्व नभूल्न आग्रह समेत गरेका छन् । उनले भनेका छन्, ‘सार्वभौमसत्ता सम्पन्न जनताका प्रतिनिधिहरुले राष्ट्रिय सहमतिको रुपमा जारी गरेको नेपालको संविधानको अक्षर र भावना विपरित सरकारले हालै राष्ट्रिय सभामा पेश गरेको संबैधानिक परिषद सम्बन्धि विधेयकको विरोध गर्दछु । तत्काल फिर्ता लिन माग गर्दछु । सत्तामा बस्नेहरुले आफ्नो अनुकुल संविधान भत्काउने होइन बरु संविधान अनुकुल चल्ने र संविधानको रक्षा गर्ने दायित्व हुन्छ भन्ने भुल्नु हुँदैन ।’