वैवाहिक जीवनमा बाँधिइन् सदीक्षा



काठमाडाैँ । पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन् ।

उनले प्रेमी राहुल मोक्तानसँग मंगलबार लगनगाँठो कसेकी हुन् ।नेवारी परम्पराअनुसार काठमाडौँमा उनीहरुको विवाह भएको हो। 


गैरीधाराको सिल्भर ओके पार्टी प्यालेसमा विवाह समारोह आयोजना भएको थियो । विवाह अगाडि सदीक्षाले सिल्भरमै रिसेप्सन पाटी दिएकी थिइन् ।

विवाह समारोहमा दुवैका नजिकका परिवारजन, आफन्त साथीभाइको उपस्थिति थियाे ।

राहुल पेशाले जीम व्यवसायी हुन् । सदीक्षाले २०१० मा मिस नेपाल उपाधि जितेकी हुन् ।