विदेशी बैंकमा करोडौंको शंकास्पद कारोबार भएको देखिएपछि अमित श्रेष्ठ पक्राउ



काठमाडौँ । प्रहरीले विदेशी बैंकमा करोडौं रकमको शंकास्पद कारोबार भएको पाएपछि काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नुवाकोट विदुर नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–३ पानीपोखरी बस्ने ४१ वर्षीय अमित श्रेष्ठ पक्राउ परेका हुन् ।

उनीमाथि प्रहरीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान अघि बढाएको थियो। श्रेष्ठबाट प्रहरीले दुई–दुई वटा मोबाइल र ल्यापटप बरामद गरेको थियो । बरामद भएका उपकरणको विश्लेषण गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, डिजिटल फरेन्सिक ल्याबमा पठाइएको थियो । त्यहाँ परीक्षण गरी प्राप्त भएको प्रारम्भिक प्रतिवेदनबाट श्रेष्ठको नामको विभिन्न खातामा शंकास्पद कारोबार भएको देखिएको हो।



प्रहरीका अनुसार निम्न बैंक खातामा श्रेष्ठको कारोबार भएको देखिएको छ :