म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछुः मेयर साह



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले दिवंगत र्यापर यम बुद्धको सालिक आफ्नै तलबबाट बनाउने घोषणा गरेका छन् ।

बालेनले युमबुद्धको सालिक बनाउन महानगरले बजेट छुट्याएको भन्दै विरोध भएपछि उनले आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका हुन् ।


उनले भनेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईँहरूको दिन शुभ रहोस्।’ यम बुद्धको सालिक बनाउन महानगरको बजेटबाटै रकम छुट्याइएको सार्वजनिक भएको थियो । यस विषयमा लिएर सामाजिक संजालमा पक्ष र विपक्षमामत प्रकट भएका थिए ।

अधिकांशले यम बुद्धले नेपालको संगीत क्षेत्रमा ठूलै योगदान पुर्याएको भएपनि उनको शालिक नै बनाउने निर्णयको भने आलोचना गरेका थिए ।