भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटर किच्दा तीन जनाको मृत्यु



भक्तपुर । भक्तपुरमा रुखले बस र स्कुटर किच्दा तीनजनाको मृत्यु भएको छ । भक्तपुरको सल्लाघारीस्थित ग्रिनल्याण्ड होटलको गेट अगाडि ठिमीबाट दुधपाटीतर्फ आउँदै गरेको बा २ ख ३५८४ नम्बरको यात्रु बस र भक्तपुर दुधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई रुखले किच्दा तीन जनाको मृत्यु भएको हो ।

घटनामा अन्य १२ जना घाइते भएका भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । मृतक नितेश खर्वुजाको सनाखत भएको छ भने अन्य दुईजनाको सनाखत हुन सकेको छैन । अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ । घाइतेहरुको इवामुरा, भक्तपुर अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।