बाटोमा हिँडिरहेकी महिलालाई अमानवीय व्यवहार गर्ने युटुबर पक्राउ



काठमाडाैँ । बाटोमा हिँडिरहेकी महिलालाई अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने युटुबरलाई प्रहरीले पक्राउ गरेको छ ।

नकारात्मक सन्देश फैलाउने खालको प्य्राङ्क भिडियो बनाइ युट्युबमा राखेका नवलपरासी (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोटका २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।


उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । भुसाललाई नवलपरासी प्रहरीको सहयोगमा सोमबार पक्राउ गरी काठमाडौँ ल्याइएको ब्यूरोले जनाएको छ ।