पोखराको ड्यामसाइडबाट ४६ लाख रूपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ



पोखरा । पोखराको ड्यामसाइडबाट करिब ४६ लाख रूपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ परेका छन् । शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा कास्की प्रहरीले बिहीबार छापा मार्दा ४५ लाख ९७ हजार १ सय ८० रूपैयाँसहित उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुले नगदको स्रोत खुलाउन नसकेको कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । पक्राउ पर्ने ककनी गाउँपालिका– ७ का सुमन तामाङ, चिनियाँहरू दुई पुरुष र एक महिला छन् । ड्यामसाइडस्थित बज्र इन होटलमा विगत करिब ६ महिनादेखि उनीहरूले कार्यालय सञ्चालन गरेका थिए । तामाङका नाममा खोलिएको डाइमण्ड टेक्नोलोजी कम्पनीले सफ्टवेयर निर्माण गर्ने र व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्य देखिएको देखाएका थिए ।


कम्पनीमा ८९ जना नेपाली कर्मचारी रहेको देखिएको छ । उनीहरूलाई प्रहरी अनुसन्धानका लागि आवश्यक पर्दा उपस्थित हुने सर्तमा छाडिएको छ । पक्राउ परेका व्यक्तिहरूबाट केही उपकरण समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।