न्युजिल्याण्डका ३२ अधिकारी रुसको कालो सूचीमा



रूसी विदेश मन्त्रालयले शनिबार ३२ जना न्यूजील्याण्डका अधिकारीहरूलाई कालो सूचीमा राखेको छ। “न्यूजील्याण्डले रुसी नागरिकहरू माथि प्रतिबन्ध बढाउँदै लगेपछि प्रतिक्रिया स्वरूप ३२ न्यूजील्याण्डका अधिकारीहरूलाई राष्ट्रिय स्टप-लिस्टमा थपेको,” मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

नयाँ प्रतिबन्धित अधिकारिहरूमा नगरपालिकाका प्रमुखहरू, कानून प्रवर्तन एजेन्सीका अधिकारीहरू र पत्रकारहरू रहेको मन्त्रालयले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ” ती व्यक्तिहरूलाई रुस प्रवेशमा अनिश्चितकालका लागि निषेध गरिएको छ।” मन्त्रालयका अनुसार प्रतिबन्धको सूची बढ्दै जान सक्नेछ।