न्यायपालिकामा विसंगति छन्, शुद्धीकरण गरेर लैजान सक्छौँ : कामु प्रधानन्यायाधीश कार्की



काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालय कामै गर्न नसक्ने अवस्थामा पुगेको भनेर चर्चा सही नभएको बताएका छन् ।

शुक्रबार नेपाल ल क्याम्पसको स्थापना दिवसमा आयोजित समारोहमा कामु प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा देखिएका समस्याहरूको समाधानका लागि सबैले पहल गरेर न्यायालयलाई शुद्धीकरण गरेर अघि बढ्न सकिने अवस्थामै रहेको बताएका हुन् । कार्कीले न्यायालय सुधारका लागि कानुनका विद्यार्थीहरूलाई नैतिकताको विषयमा पनि अध्यापन गराउनुपर्ने बताए ।


उनले भने,‘न्यायपालिकामा समस्या छ, अब न्यायालयले कामै गर्न सक्दैन भन्ने कुरा आइरहेको छ । तर, वास्तवमा त्यस्तो होइन । न्यायालय कामै गर्न नसक्ने अवस्थामा पुगेको भन्ने होइन । हामी सबैको होस्टेमा हैंसे भएमा हामीले न्यायालयलाई शुद्धीकरण गरेर लैजान सक्छौँ ।’
उनले काुननको प्राध्यापनका लागि अलग्गै विश्वविद्यालय स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए ।