दक्षिण अफ्रिकाको एक मधुशालामा गोली चल्दा १४ जनाकाे मृत्यु, ११ घाइते



स्थानीय सोवेटो नगरस्थित एउटा मधुशालामा गोली चल्दा १४ जनाको मृत्यु भएको छभने अन्य ११ जना घाइते भएका छन् ।

शनिबार राति र आइतबार बिहान भएको गोलाबारीमा घाइते भएका ११ जनालाई अस्पताल पु¥याएको प्रहरीले आइतबार जनाएको हो ।


प्रहरी सुरक्षाकर्मी घटनास्थल पुग्दा १२ जना मारिएका र अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रमुख इलियास मावेलाले बताए । राजधानीको दक्षिणपूर्वमा पर्ने सोवेटो जोहानेसबर्गको सबैभन्दा ठूलो शहरी क्षेत्र हो ।