थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु



काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ४२८२ नमूना परीक्षणमा ५७७ जनामा कोरोना पुष्टि भएको हो।


मन्त्रालयका अनुसार शुक्रबार थप २६९ जना कोरोनामुक्त भएका भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ४३५६ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ।

यस्तै पछिल्लो २४ घन्टामा २८ हजार २५६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।