झापाको चिया बगानमा ३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला



झापा । झापाको कचनकवल गाउँपालिका–५ स्थित पठामारीमा ३ किशोरी एउटै रुपमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

सुनकोशी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीरूको शव मृत अवस्थामा फेला परेको गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले जानकारी दिए ।


ती तीनै जना किशोरीहरु चिया बगानका मजदुर हुन् । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना मृत अवस्थामा भेटिएका हुन् ।

उनीहरु बयरको रुपमा डोरीको पासोमा झुण्डिएको अवस्थामा फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाठकले जानकारी दिए ।