चुनावी गठबन्धनमा जालझेल भयोः अध्यक्ष नेपाल



डाेटी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनका दलहरुबीच भएको चुनावी गठबन्धनमा जालझेल भएको बताएका छन्। डोटीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले गठबन्धनमा जालझेल भएको र गठबन्धनका अन्य दलहरूमा इमानदारिता नदेखिएको बताए ।

अध्यक्ष  नेपालले गठबन्धनकै कारण स्थानीय निर्वाचनमा आफ्नो दललाई घाटा भएको बताएका छन्। गठबन्धनको गीतमात्रै गाउँदा अपेक्षा अनुसारको नतिजा नआएको बताउँदै उनले एक्लै चुनाव लडेको सय पालिका जित्ने दाबी पनि गरे।


स्थानीय निर्वाचनमा निरासाजनक नतिजा आएपनि संघ र प्रदेशको निर्वाचनमा राम्रो नतिजा ल्याउने उनले बताए । ‘हामीले स्थानीय निर्वाचन हेरेका छौं, गठबन्धन भनेर मात्र हुँदैन सबै बफादर हुनुपर्छ,’ नोपलले भने, ‘तर स्थानीय निर्वाचनमा त्यस्तो देखिएन, अब आफ्नै खुट्टामा उभिने हो, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो ।’

अध्यक्ष नेपालले निर्वाचनअघि कुनै पनि पार्टीसँग एकता नहुने पनि स्पष्ट पारे। चुनावी मोर्चा, गठबन्धन हुन सक्ने, तर अहिल्लै पार्टी एकता नहुने् बताए । उनले पार्टी एकताको लागि गृहकार्य भने भइरहेको नेपालले बताए ।