चिनियाँ टोलीद्वारा राष्ट्रपतिसँग भेट



काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेतृत्वको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ ।

विदेश विभाग प्रमुख लिउ जियानचाओको प्रतिनिधिमण्डलले बुधबार बिहान राष्ट्रपति भण्डारीलाई भेटेका हुन्। भेटमा नेपाल–चीन सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा कुराकानी भएको बताइएको छ । लिउ नेतृत्वको ८ सदस्यीय टोली आइतबार बिहान काठमाडौं आएको थियो । चर दिने भ्रमण सकेर टोली आज स्वदेश फर्कने कार्यक्रम छ ।