म्याग्दी । पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोट स्थित ३० किलोवाट क्षमताको विद्युत्गृहमा चट्याङले ठूलो क्षति पु¥याएको छ ।
सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युत्गृहमा क्षति पु¥याएको लघुजलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिए । चट्याङले रु चार लाख ५५ हजार बराबरको क्षति भएको छ ।
जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । तीस किलोवाट क्षमताको सो लघुजलविद्युत् परियोजना बन्द हुँदा च्युरीबोट, ओखरबोट, महभिर छाप, खतेनलगायत गाउँका ३७६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।