खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प (अपडेट)



काठमाडाैँ । खोटाङको मार्तिमबिर्ता केन्द्रविन्दु बनाएर आइतबार बिहान भूकम्प गएको छ ।

खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए ।


भूकम्पको धक्का काठमाडौँमासमेत महसुस गरिएको थियो । क्षतिको विवरण भने प्राप्त भएको छैन ।