कैलालीको अत्तरियामा पुरुषको शव फेला



कैलाली । कैलालीको गोदावरी नगरपालिका–अत्तरियामा एक पुरुषको शव फेला परेको छ ।

बैतडीको सिगास गाउँपालिका–४ का पदमसिंह धामीको शव फेला परेका होे । उनको शव अत्तरियास्थित सबडिभिजन वन कार्यालय नजिकै फेला परेको प्रहरीले जनाएको छ ।


अहिले शव घटनास्थलमै रहेको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।