उडेको ६ मिनेटमै इन्जिनमा समस्या आएपछि यती एयरको जहाज आकस्मिक अवतरण



काठमाडौँ । पोखराबाट काठमाडौँका लागि उडेको यती एयरको जहाज आकस्मिक अवतरण गरिएको छ।

इन्जिनमा खराबी आएपछि उडान भरेको केहीबेरमा जहाज पोखरा फर्काइएको थियो। ४५ जना यात्रु लिएर बिहान पौने ९ बजे उडेको जहाजमा समस्या देखिएपछि ६ मिनेटमै पोखरामा फर्काइएको हो।


यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले विमानमा समस्या देखिएपछि पोखरामा अवतरण गरिएको जानकारी दिए।