इच्छाराज तामाङकी पत्नी सिर्जना पक्राउ



काठमाडौँ । सिभिल सहकारीका ठगी प्रकरणमा पूर्वसांसद तथा सहकारीका अध्यक्ष इच्छाराज तामाङकी श्रीमती पनि पक्राउ परेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो( सिआइबी) को टोलीले मंगलबार सिर्जना शाक्य (तामाङ)लाई पक्राउ गरेको हो । गत पुस २७ गते जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपनि उनी फरार रहेकी थिइन्।

उनी सिभिल सहकारीमा लेखा समिति सदस्य हुन् । सहकारीबाट इच्छाराज तामाङ लगायतले ५ अर्ब ८४ करोड ४० दाख २१ हजार ७१३ रुपैयाँ ठगी गरेको खुलेको थियो । उनीहरूविरूद्ध ठगी र संगठित अपराध कसुरमा जाहेरी परेको थियो।


अनुसन्धान सकेपछि पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरी गत मंसिर १७ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। त्यसमा इच्छाराज र केशवलाल श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो । उनीमाथि कारबाही गर्न काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।