आईजीपी नियुक्ति मुद्दा : विश्वराज पोखरेलको रिट खारेज, सिंहले नै निरन्तरता पाउने



काठमाडौँ । सर्वोच्च अदालतले एआईजी विश्वराज पोखरेलको रिट खारेज गरेको छ ।

सर्वोच्च अदलतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले शुक्रबार धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत भएको ठहर गर्दै पोखरेलको रिट खारेज गरेको हो ।


पोखरेलले ज्येष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै वैशाख १९ गते रिट दायर गरेका थिए। रिट खारेज भएसँगै आईजीपी सिंहले आफ्नो कार्यकाल पूरा गर्न पाउने भएका छन्।

पोखरेल डिआईजीबाट एआईजी हुँदा उनको नियुक्तिलाई अदालतमा चुनौती दिएका घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीको रिट पनि खारेज गरिएको छ । उनीहरुले चैत १७ गते रिट दायर गरेका थिए।