काठमाडाैँ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउने भएका छन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि (बिहीबार) काठमाडौँ आउन लागेका हुन्।
स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषयलाई लिएर राजनीतिक दलहरुबीच विवाद चर्किरहेका बेला हुन लागको उनको भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको छ ।
उच्च कुटनीतिक स्रोतका अनुसार उनी दुईदिने नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भइसके पनि अन्य क–कसलाई भेटवार्ता गर्ने भन्ने बारे जानकारी बाहिर ल्याइएको छैन ।