यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय



काठमाडौँ । सरकारले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको रिक्त कार्यकारी निर्देशकमा शरदविक्रम राणालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरुमध्ये एकमा राणालाई केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरेको हो । त्यस्तै बैठकले विश्व बैंकसँग १२ अर्ब सहुलियतपूर्ण ऋण लिन वार्ता समिति गठन गर्नेलगायतका निर्णय गरेको छ।