माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक खुमलटारमा जारी



नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी समिति सदस्यहरूको बैठक खुमलटारमा जारी छ ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल भइरहेको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । 


माओवादीमा आठौं महाधिवेशनपछि पदाधिकारी चयन गरिएको छैन । केन्द्रीय कमिटी गठन र अध्यक्षमा दाहाल चयन भएका  थिए। माओवादीले पदाधिकारी नभएका बेला केही विषयमा छलफल गर्नुपरे पूर्वस्थायी कमिटी बैठक गर्ने गरेको छ ।

बैठकमा सरकारले ल्याएको बजेटको पनि समीक्षा हुने बताइएको छ ।