मधेस प्रदेशमा जेठ २२ गते नीति कार्यक्रम पेस हुने



जनकपुर । मधेस सरकारले यही जेठ २२ गते आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । नीति तथा कार्यक्रम ल्याउन जेठ २२ गते आइतबार दिउँसो ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले आगामी आवको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गर्ने जानकारी गराए । उनले नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन आआफ्नो वेशभूषामा सहभागी हुन प्रदेशसभा सदस्यलाई आग्रह गरे ।