प्रधानसेनापतिद्वारा शान्ति सेनाको लेबनान मिसनको मुख्यालय भ्रमण



काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले आइतबार शान्ति सेना मिसन यूएनआईएफएल मिसन लेबनानअन्तर्गतको सेक्टर इस्ट हेडक्वार्टर भ्रमण गरेका छन् ।

भ्रमणको क्रममा प्रधानसेनापति महारथी शर्माले त्यहाँका ब्रिगेडियर जनरल इग्नासिओ ओलाजाबा एलोर्जसँग पनि भेटवार्ता गरेका छन् । भेटको क्रममा उनले त्यहाँको मिसनको विविध पक्षको बारेमा जानकारी लिएका थिए । भ्रमणको क्रममा शर्माले त्यहाँस्थित एक टुकडीले सम्मान अर्पण गरेको थियो ।


भ्रमणकै क्रममा शर्माले हेडक्वार्टरमा पुगेर त्यहाँको पनि जानकारी हासिल गरेका थिए । उनले शान्ति स्थापनार्थ वीरगती प्राप्त नेपाली शान्ति सैनिकहरुको सम्मानमा निर्मित उक्त हेडक्वार्टरस्थित वीर स्मारकमा माल्यार्पण समेत गरेका थिए । त्यस्तै शर्मा गोर्खा ग्रिन पार्कको उद्घाटन तथा वृक्षारोपण कार्यक्रममा पनि सहभागी भएका थिए ।