प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता : विविध विषयमा छलफल



काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार अपराह्न बालुवाटार पुगेर सभामुख सापकोटाले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।

आइतबार अपरान्ह भएको भेटमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।  


यसैगरी प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भएको छलफलमा नागरिकता लगायत विचाराधीन विधेयकहरु र उपसभामुख चयनका विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ ।