पुनर्स्थापना केन्द्रमा जी–बब



काठमाडाैँ । र्यापर सुदीप भण्डारी उर्फ जी–बब आफू पुनर्स्थापना केन्द्रमा बसेका छन् । आफू र परिवारबीचको विवादबारे आयोजित पत्रकार सम्मेलनपछि पुनर्स्थापना उनी केन्द्रमा गएका हुन् । 

पत्रकार सम्मेलनमा र्‍यापर जी-बबले पारिवारिक अवरोधलाई नस्वीकार्ने बताएका छन् । परिवारबाट स्वतन्त्रता माग्दै आफूले प्रशासनमा निवेदन दिएको समेत उनले जनाए ।


उनले आफू ड्रग्स एडिक्ट भएको स्वीकारेका छन् । तर आफूलाई ‘फिल’ भएपछि आफै रिह्याब सेन्टर पुगेको बताएका छन् । उनले भनेका छन्, ‘म नखाने होइन डेन्जर खाने  मान्छे हो । स्वास्थ्यमा समस्या भएको फिलपछि आफैं रिह्याब पुगेर फर्म भरेको हुँ ।’